PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

कल्पनालाई ओलम्पिकमा वाइल्ड कार्ड



पहिलोपोस्ट

कल्पनालाई ओलम्पिकमा वाइल्ड कार्ड

काठमाडौं: जापानमा जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुन गइरहेको टोकियो ओलम्पिकका लागि नेपाली सुटिङ खेलाडी कल्पना परियारले शुक्रबार वाइल्ड कार्ड प्राप्त गरेका छिन्। अब उनले नेपालको प्रतिनिधित्व गर्दै टोकियो ओलम्पिकमा सहभागी हुने निश्चित भएको छ।

कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छिन्। नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले अन्य खेलमा पनि वाइल्ड कार्डका लागि प्रयास भइरहेको जनाएका छन्।

योसँगै नेपालबाट कल्पनासँगै चार खेलाडीले प्रतियोगितामा सहभागी हुने निश्चित भइसकेको छ। सहभागी हुने अन्य तीन खेलाडीमा पौडीका गौरिका सिंह र एलेक्स शाह तथा म्याराथनका गोचीचन्द्र पार्की रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell