PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

नतिजा भन्दा प्रदर्शनमा ध्यान दिइने छ : प्रशिक्षक अलमुताइरी, हामी तयार छौं : कप्तान चेम्जोङ



पहिलोपोस्ट

नतिजा भन्दा प्रदर्शनमा ध्यान दिइने छ : प्रशिक्षक अलमुताइरी, हामी तयार छौं : कप्तान चेम्जोङ
फाइल फोटो

काठमाडौं : नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकसँगको मैत्रीपूर्ण खेल नतिजाबारे भन्दा पनि राम्रो प्रदर्शनका लागि खेलिने बताएका छन्। खेलको पूर्व सन्ध्यामा अलमुताइरीले इराकसँगको खेललाई नतिजासँग भन्दा पनि आफूलाई मुल्याङकन गरेर भविष्यमा सुधार ल्याउने माध्यमका रुपमा लिएको बताए।

‘मलाई आशा छ हाम्रो युवा टिमको लागि यो खेल सिकाइ र अनुभव हुनेछ। नजिता खोज्नु भन्दा पनि यो आफूलाई मुल्याङ्कन गरेर भविष्यमा सुधारको लागि हुने खेलको रुपमा लिनु राम्रो हुनेछ,’ प्रशिक्षक अलमुताइरीले भने।

अलमुताइरीले यसअघि टिमले फर्मेसन फेरेर अट्याकमा जोड दिने संकेत गरेका थिए। उनले हिजो फेसबुकमा स्टाटस राख्दै फ्यानहरुलाई धैर्य राख्नसमेत आग्रह गरेका थिए।

‘हामीले फरक सोच, प्रकृया र यसको प्रयोग थालेकाले सुरुवातमा कठिन हुनेछ। त्यसैले उनीहरुलाई (खेलाडी) नतिजामा दवाब नदिऔं। राम्रो भविष्यका लागि हामी यहाँ छौं’, प्रशिक्षक अलमुताइरीले लेखेका थिए, ‘यदि हाम्रो पक्षमा नतिजा आएन भने मलाई दोष दिनुहोला नकी खेलाडीहरुलाई।’

त्यस्तै कप्तान तथा गोलकिपर किरणकुमार लिम्बूले इराकविरुद्ध खेल्नु राम्रो अवसर भएको बताएका छन्।

खेल भोलिसाँझ सवा १० बजे सुरु हुनेछ।

‘नेपालले इराकविरुद्ध खेल्न पाउनु राम्रो अवसर हो र यसले विश्वकप क्वालिफायर्स अघि हाम्रो राम्रो अनुभव दिनेछ’, कप्तान लिम्बुले भने, ‘हामीले राम्रो ट्रेनिङ गरेका छौं र यो खेलका लागि तयार छौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell