PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

पहिलो पटक सेतो जर्सीमा उत्रँदै नेपाली फुटबल टिम, खेल बन्द रंगशालामा हुने



पहिलोपोस्ट

पहिलो पटक सेतो जर्सीमा उत्रँदै नेपाली फुटबल टिम, खेल बन्द रंगशालामा हुने
तस्बिर: इराक फुटबल

काठमाडौं : नेपाली फुटबल टोलीले शनिवार इराकी टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ। उक्त खेलमा नेपाल सेतो जर्सामा उत्रने छ। नेपाली फुटबल टोली पहिलो पटक सेतो जर्सीमा उत्रन लागेको हो।

इराक पुगेर बस्रा स्टेडियममा अभ्यास गरेको नेपाली टोलीले भोलि बेलुकी इराकको सामना गर्नेछ। खेल स्थानीय समय अनुसार ७:३० (नेपालमा १०:१५) हुनेछ। खेल अल फैहा स्टेडियममा हुनेछ। खेलमा दर्शकहरुको उपस्थिति निषेध गरिएको छ।

नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा रहेको नेपाली टोलीले यसपटकको भ्रमणमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने कुवेतमा चाइनिज ताइपेइ, जोडर्न र अस्ट्रेलियासँग विश्वपकप छनोट अन्तर्गतको खेल खेल्नेछ।

भोलि इराकसँग खेलेपछि नेपालले आगामी खेलमा कुवेतमा जुन ३ मा चाइनिज ताइपेइसँग, जुन ८ मा जोर्डनसँग र जुन ११ मा अस्ट्रेलियासँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell