PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सुदूरपश्चिममा मन्त्रिपरिषद् हेरफेर : खाली रहेका २ सहित ५ मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति



एम बम

सुदूरपश्चिममा मन्त्रिपरिषद् हेरफेर : खाली रहेका २ सहित ५ मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विभिन्न मन्त्रालयहरुको जिम्मेवारी बाँडफाड गरेका छन्। मुख्यमन्त्री भट्टले शुक्रवार खाली रहेका २ मन्त्रालयसहित ५ मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेका हुन्

जसअनुसार आर्थिक मामिला मन्त्रालयमा प्रकाश बहादुर शाह, भौतिक पूर्वाधार विकास मन्त्रालयमा दीर्घ बहादुर सोडारी, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयमा मान बहादुर धामी नियुक्त भएका छन्।

त्यस्तै, सामाजिक विकास मन्त्रालयमा लाल बहादुर खड्का र आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पूर्णा जोशीलाई जिम्मेवारी दिइएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा भने विनितादेवी चौधरी कायम छिन्।

त्यस्तै, मुख्यमन्त्री भट्टले ४ राज्यमन्त्रीहरुको पनि जिम्मेवारी हेरफेर गरेका छन्। जसमा भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा चुन कुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्रीमा मना कुमारी साउद, आर्थिक मामिला राज्यमन्त्रीमा अर्चना गहतराज र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी मान बहादुर सुनारले पाएका छन्।

नवनियुक्त ५ मन्त्री र ४ राज्यमन्त्रीले शुक्रवार नै सपथ ग्रहण गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell