PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कोरोनाका बिरामीको उपचारमा हेलचेक्र्याईँ नगर्न उच्च अदालत जनकपुरको आदेश



पहिलोपोस्ट

कोरोनाका बिरामीको उपचारमा हेलचेक्र्याईँ नगर्न उच्च अदालत जनकपुरको आदेश

जनकपुरधाम : देशैभरी कोरोना संक्रमण फैलिरहेको समयमा उच्च अदालत जनकपुरले प्रदेश २ को मुख्यमन्त्री कार्यालय र प्रादेशिक अस्पताल जनकपुरधामलाई बिरामीको उपचारमा हेलचेक्र्याईँ नगर्न आदेश दिएको छ।

अधिवक्ता राजकुमार महासेठले नागरिकको सहज स्वास्थ्य उपचारको माग गर्दै मुख्यमन्त्री कार्यालयलाई विपक्षी बनाई दिएको रिटमाथि सुनुवाई गर्दै उच्च अदालत जनकपुरले प्रादेशिक अस्पताल जनकपुर लगायतका अस्पतालहरुमा बिरामीको उपचारमा लापरवाही नगर्न आदेश दिएको हो।

उच्च अदालत जनकपुरका न्यायाधीश डालकुमार खड्काको एकल ईजलाशले पीपीई, अक्सिजन, भेन्टिलेटर, मास्क, औषधि आदि हुँदाहुँदै अस्पतालमा भर्ना नलिई निजी अस्पतालमा रेफर नगर्न भनेको छ।

यसका साथै अदालतले प्रादेशिक अस्पतालमा कोभिडका बिरामीका लागि कति बेड छुट्याइएको छ, कति र कुन स्तरका स्वास्थ्यकर्मी व्यवस्थापन गरिएको छ, अस्पतालले दैनिक कति बिरामीको उपचार गर्दै आइरहेको छ, कति बिरामी कोभिडको उपचार गरेर संक्रमण मुक्त भएका छन् लगायतका विवरण प्रत्येक हप्ता बुझाउन समेत भनेको छ।

अदालतले मागेका विवरणसहित प्रदेशको मुख्यन्यायाधिवक्ताको कार्यालय वा सरकारी वकिलको कार्यालयमार्फत १५ दिन भित्र अदालतमा बुझाउनका लागि आदेश दिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell