PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

सगरमाथाको कालापत्थरमा स्ट्याण्डअप कमेडी गरेर ‘नेपग्याज्म’ले गर्‍यो गिनिज बुकमा नाम दर्ता



पहिलोपोस्ट

सगरमाथाको कालापत्थरमा स्ट्याण्डअप कमेडी गरेर ‘नेपग्याज्म’ले गर्‍यो गिनिज बुकमा नाम दर्ता

स्ट्याण्डअप कमेडियनको समूह ‘नेपग्याज्म’ले सगरमाथाको कालापत्थरमा स्ट्याण्डअप कमेडी कार्यक्रम सञ्चालन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ।

‘नेपग्याज्म’का तर्फबाट उमेशकुमार गौतम (यूकेजी) र लोकमणि त्रिताल (रमेश अंकलको छोरो)ले गत बैशाख २० मा ५ हजार ६ सय ४३ मिटरको उचाईमा स्ट्यान्डअप कमेडी प्रस्तुत गरेका थिए।

‘प्रदुषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याज्मको चाहना’ भन्ने नारासहित कमेडी प्रस्तुतिका लागि नेपग्याज्मले गिनिज बुक अफ वरल्ड रेकर्डबाट अनुमति लिएर उनीहरु त्यहा पुगेका थिए।

नेपग्याज्म मिडिया एण्ड प्रोडक्सनका निर्देशक सन्तोष देवकोटाले विश्व रेकर्ड कायम भएको आधिकारिक घोषणा भइसके पनि कोरोना महामारीका कारण प्रमाणपत्र आउन केही समय लाग्ने बताए।

कलाकार उमेशले स्वस्थ मनोरञ्जनात्मक सामग्री समेटिएको तीस/तीस मिनेटको दुईवटा स्ट्याण्डअप कमेडी प्रस्तुत गरिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell