PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

किन गरे घनश्याम भुसालले संसदीय मर्यादा उल्लंघन?



पहिलोपोस्ट

किन गरे घनश्याम भुसालले संसदीय मर्यादा उल्लंघन?

काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले संविधान र राजनीतिका लागि संसदीय मर्यादा उल्लंघन गरेको बताएका छन्।

फेसबुकमा स्टाटस लेख्दै भुसालले संसदीय मर्यादा उल्लंघन गरेको स्पष्टीकरण दिएका हुन्। 'एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छु। तर, हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लङ्घनको विकल्प रोज्नुपर्ने ठाउँमा पुगेँ,' उनको स्टाटसमा भनिएको छ।

लोकतान्त्रिक स्थिरताका लागि त्यस्तो निर्णय गरेको भुसालको भनाई छ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका भुसाल सहित २३ जना सांसदे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै हस्ताक्षर गरेका थिए।

हस्ताक्षर गरेका मध्ये नेपाल, स्थायी कमिटी सदस्य भीम रावल सहित ११ जनालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाटै निष्कासन गरिसेका छन् बाँकी १२ जनालाई स्पष्टीकरण सोधिएको छ।

भुसालले गणतन्त्र र संविधान संकटमा परेको भन्दै नयाँ खिलराज रेग्मीको खोजी भइरहेको उल्लेख गरेका छन्।

उनले दुई वर्ष अगाडिको प्रसंग जोड्दै भनेका छन्, 'एकजना राजनीतिकर्मीले भनेको कुरा अझ स्पष्ट थियो जुन कुरा मैले धेरै साथीहरुलार्ई बताएको छु। उनले भनेका थिए : नेकपाको विवाद समाधान हुँदैन। अदालतद्वारा नेकपा एमाले र माओवादी ब्युँताइने छ र तपाईँहरुलाई विभाजित गरिनेछ।' दुई वर्ष अघि नै संसद विघटन र नयाँ खिलराज रेग्मीको खोजी बारेको विश्लेषण मिलेको भुसालको भनाई छ।

'नयाँ खिलराजहरुको अभ्यास हुनेछ। त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलार्ई धकेलिने छ। घटनाहरु जस्ताको त्यस्तै अगाडि बढ्दै छन्,' उनले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell