PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

फेरि प्रसारण हुँदै 'द कपिल शर्मा शो'



पहिलोपोस्ट

फेरि प्रसारण हुँदै 'द कपिल शर्मा शो'

भारतीय कमेडी शो 'द कपिल शर्मा शो'को नयाँ सिजन घोषणा भएको छ। आउँदो जुलाइदेखि शो फेरि प्रसारण हुने भएको हो।

कार्यक्रमको नयाँ युनिटमा कलाकार, लेखकदेखि अन्य सदस्य थपिने भएका छन्। गत मार्चमा कपिलले इन्स्टाग्राममार्फत् कलाकार र लेखकका लागि आवेदन आह्वान गरेका थिए। बलिउड हंगामाका अनुसार कार्यक्रम नयाँ फर्म्याटमा प्रस्तुत हुनेछ। जुलाइको पहिलो सातादेखि युनिट फ्लोरमा उत्रदै छ।

चार महिना अघि कपिलको दोस्रो सन्तानको जन्मसँगै कार्यक्रम बन्द भएको थियो। कार्यक्रम कमेडी टकशो हो। जसमा हरेक साता कलाकार एवं अन्य सेलिब्रेटी अतिथि आउँछन्। चर्चित कलाकारहरू भारती सिंह, सुमोना चक्रवर्ती, क्रुष्णा अभिषेक, किकु शर्दा, चन्दन प्रभाकरलगायत संलग्न छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell