PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

महन्थ ठाकुर र राजेन्द्र महतो सहितका नेतालाई जसपाले सोध्यो फेरि स्पष्टीकरण : चित्तबुझ्दो जवाफ नदिए पार्टीबाट निष्कासन



पहिलोपोस्ट

महन्थ ठाकुर र राजेन्द्र महतो सहितका नेतालाई जसपाले सोध्यो फेरि स्पष्टीकरण : चित्तबुझ्दो जवाफ नदिए पार्टीबाट निष्कासन

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो सहित ४ जना नेतालाई स्पष्टीकरण सोधेको छ।

जसपाका अध्यक्ष उपेन्द्र यादव-संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई समूहले ठाकुर-महतो समूहका नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको हो। ठाकुर, महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोधेको छ।

पार्टीको विधान मिचेको भन्दै जेठ ८ गते सोधिएको स्पष्टीकरणको जवाफ नआएकोले फेरि सोधिएको पत्रमा उल्लेख छ। स्पष्टीकरणको जवाफ नदिइए पार्टीको विधान र राजनीतिक दलसम्बन्धि ऐन अनुसार पार्टीबाट निष्कासन गरिने चेतावनी दिइएको छ।

'चित्तबुझ्दो जवाफ नभएमा राजनीतिक दल सम्बन्धि ऐन २०७३ र जसपाको अन्तरिम विधान ६९(५) अनुसार निष्कासन समेतको कारवाही हुने छ,' स्पष्टीकरणपत्रमा भनिएको छ।

जसपा भित्र प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र विपक्षलाई लिएर विवाद बढदो छ। एक अर्को समूहलाई स्पष्टीकरण सोध्नेदेखि दुवै समूहले निष्कासनसम्मको तयारी गरेका छन्। जसपाको ठाकुर-महतो सरकारमा जाने तयारी गर्दा यादव-भट्टराईले त्यसको विरोध गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell