PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

उपेन्द्रलाई महन्थको 'काउन्टर' : पार्टीबाट निष्कासन गर्ने धम्की



पहिलोपोस्ट

उपेन्द्रलाई महन्थको 'काउन्टर' : पार्टीबाट निष्कासन गर्ने धम्की

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई अर्का अध्यक्ष महन्थ ठाकुरले स्पष्टीकरण सोधेका छन्। केही बेर अघि ठाकुर समूहका ४ नेतालाई यादवले स्पष्टीकरण सोधेकोमा ठाकुरले पनि यादवलाई काउण्टरमा स्पष्टीकरण सोधेका छन्।

पहिलोपटक सोधिएको स्पष्टीकरणको जवाफ नआएकाले दोस्रो पटक पनि जवाफ नदिए पार्टीबाट निष्कासन गर्ने ठाकुरको चेतावनी छ।

'पत्र प्राप्त गरेको म्याद भित्र चित्त बुझ्दो र सन्तोषजनक जवाफ प्राप्त नभएमा राजनीतिक दल सम्बन्धि ऐन,२०७३ र जनता समाजवादी पार्टी, नेपालको अन्तरिम विधान - २०७७ बमोजिम निष्कासन समेतको कार्वाही हुनेछ,' पत्रमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell