PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आईपीएलका बाँकी खेल यूएईमा हुने



पहिलोपोस्ट

आईपीएलका बाँकी खेल यूएईमा हुने

इण्डियन प्रिमियर लिग आईपीएलका बाँकी खेल यूएईमा हुने भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्डको आज बसेको स्पेसल जनरल मिटिङले आईपीएलका बाँकी ३१ खेलहरु यूएईमा गराउने निर्णय गरेको हो।

भारतमा फैलिएको कोभिड महामारीका स्थगित गरिएको आईपीएललाई सेप्टेम्बर अक्टोबरको महिनामा सञ्चालन गर्ने तयारी अघि बढेको हो। त्यस्तै विदेशी खेलाडीको सन्दर्भलाई लिएर अन्य देशको क्रिकेट बोर्डसँग पनि छलफल अघि बढाउने निर्णय गरिएको जनाएको छ।

खेलहरु सेप्टेम्बर १८ देखि अक्टोवर १० सम्म सञ्चालन गर्नेगरीको तयारी रहेको टाइम्सअफ इण्डियाले दाबी गरेको छ।

यसअघि मे ४ मा बसेको बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इण्डिया (बीसीसीआई) र इण्डियन प्रिमियर लिग गभर्निङ काउन्सिलको बैठकले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको थियो।

बीसीसीआईले एक विज्ञप्ति निकाल्दै आईपीएलको आयोजक, सपोर्ट स्टाफ र खेलाडीको स्वास्थ्यलाई लिएर कुनै ‘कम्प्रमाइज’ नगर्ने जनाएको थियो।

आईपीएलको फ्रेन्चाइजी कोलकता नाइट राइडर्सको दुई जना खेलाडीमा कोभिड सङक्रमण पुष्टी भएसँगै आईपीएलमा अलमल सुरु भएको थियो। त्यस्तै चेन्नइ सुपर किंग्सको पनि अफिसियलहरुमा कोभिड सङक्रमण पाइएको थियो। त्यस्तै सनराइजर्स हैदराबादका ऋद्धिमान शाह पनि कोभिड संक्रमित भएको खवर बाहिर आएको थियो। त्यसबाहेक दिल्ली क्यापिटल्सका स्पीनर अमित मिश्रा पनि संक्रमित भएका थिए।

अघिल्लो सिजनको आईपीएल पनि यूएईमा सम्पन्न भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell