काठमाडौं : सरकारले स्वास्थ्य स्वयं सेविकालाई प्रदान गर्दै आएको यातायात खर्चमा शत् प्रतिशत् वृद्धी भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा उक्त जानकारी दिए।
देशभरका ५२ हजार स्वास्थ्य स्वयं सेविका छन्। राज्यले हाल उनीहरूलाई ६ हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराउँदै आएको थियो। उक्त रकममा वृद्धी गरी १२ हजार बनाइएको हो।