PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

बजेट २०७८/०७९ : २६ अर्ब ७५ करोडको खोप व्यवस्थापन बजेट



पहिलोपोस्ट

बजेट २०७८/०७९ : २६ अर्ब ७५ करोडको खोप व्यवस्थापन बजेट

काठमाडौं : सरकारले कोभिड-१९ नियन्त्रण तथा रोकथाममा केन्द्रित रहेर बजेट तर्जुमा गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन्।

आर्थिक वर्ष २०७८/०७९ को बजेट अध्यादेश प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले कोभिड-१९ नियन्त्रण र रोकथामका लागि बजेट केन्द्रित गर्न बजेट अभाव हुन नदिने बताए। साथै उनले सबै सरकारी अस्पताल तथा प्रयोगशालामा नि:शुल्क परीक्षणका लागि बजेट विनियोजन गरेको जानकारी दिए।

त्यस्तै, अस्पतालमा अक्सिजन अभाव हुन नदिन प्रयाप्त मात्रमा बजेट बिनियोजन गरेको उनले जानकारी दिए। त्यस्तै १०० शैय्याका अस्पतालमा अनिवार्य अक्सिजन प्लान्टको अनिवार्य स्थापना गर्ने व्यवस्था बजेटमा गरिएको उनले जानकारी दिए।

त्यस्तै, कोभिड-१९ उपचार तथा रोकथाममा भेन्टिलेटर तथा आईसीयूको अभाव हुन नदिनका लागि स्वास्थ्य उपकरण खरिदका लागि चार अर्बको विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

निजी तथा सामुदायिक अस्पताललाई अक्सिजन प्लान्ट खरिद गर्दा भन्सार महशुलमा छुट गर्ने व्यवस्था गरिएको छ। अक्सिजन उत्पादन गर्ने उत्पादकलाई विद्युत महशुलमा ५० प्रतिशत छुट दिइने छ।

त्यस्तै, स्वास्थ्यकर्मीको अभाव हुन नदिनका लागि एक वर्षका लागि तलब र पचास प्रतिशत जोखिम भत्ता पाउने गरी करारमा स्वास्थ्यकर्मी नियुक्त गर्ने गरी पर्याप्त मात्रामा बजेट विनियोजन गरिएको उनले जानकारी दिए।

त्यस्तै, सबै लक्षित वर्गलाई नि:शुल्क खोप उपलब्ध गराउने पूर्व प्रतिवद्धता अनुसार बजेट बिनियोजन गरेको उनले जानकारी दिए। त्यसका लागि २६ अर्ब ७५ करोड खोप व्यवस्थापन खर्च विनियोजन गरेको उनले जानकारी दिए।

त्यस्तै, जोखिम भत्ताका लागि ३७ अर्ब ५३ करोड विनियोजन भएको छ। औषधी खरिदका लागि ५ अर्ब ६० करोड बिनियोजन भएको छ।  

त्यस्तै, केन्द्रमा ३०० शय्या र हरेक प्रदेशमा १०० शय्याको सरुवारोग अस्पताल निर्माणका लागि १ अर्ब ३० करोड विनियोजन भएको छ। स्थानीय तहमा शिलान्यास गरेका अस्पतालका लागि ६ अर्ब १५ करोड विनियोजन भएको अर्थमन्त्री पौडेलले जानकारी दिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell