काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट बजेट भाषण प्रस्तुत गरिरहेका छन्। बजेटमा नीति तथा कार्यक्रम कस्तो आउँदैछ – चासो बनेको छ सबैको लागि।
मानिसहरु मोबाइलदेखि टेलिभिजन र रेडियोसम्म बजेट भाषण सुन्न व्यस्त देखिन्छन्। कोही सडक नजिकै त कोही सत्तल नजिकै त कोही घरमै भाषण चासोपूर्वक हेरिरहेका छन्। निषेधाज्ञा कडा रहेका कारण यसपटक धेरैजसो घरमै बजेट भाषण हेरिरहेका छन्।