काठमाडौः सरकारले युवाहरुलाई उद्यमशीलतामा प्रेरित गर्न स्टार्टअप व्यवसायहरुलाई एक प्रतिशत ब्याजदरको सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्ने भएको छ।
आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्टार्टअप (नवउद्यम) हरुलाई बिउ पुँजीका लागि एक प्रतिशत ब्याजमा २५ लाख रुपैयाँसम्म कर्जाको प्रबन्ध गर्ने घोषणा गरेका हुन् ।
साथै, यस्ता स्टार्टअप व्यवसाय स्थापना तथा संचालनका लागि सहज बनाउन एकद्वार प्रणाली कार्यान्वयनमा ल्याउने समेत बजेटले उल्लेख गरेको छ।
यस्तै, नवउद्यमीहरुलाई वित्तीय रुपमा सघाउनका लागि सरकारले एक अर्ब रुपैयाँको च्यालेन्ज फन्डको स्थापना गर्ने पनि बजेटमार्फत मन्त्री पौडेलले बताएका छन्।
