PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउन बजेट विनियोजन, पशुपतिनाथलाई ३५ करोड



पहिलोपोस्ट

चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउन बजेट विनियोजन, पशुपतिनाथलाई ३५ करोड

काठमाडौं : सरकारले चितवनको माडीस्थित अयोध्यापुरीमा राम मन्दिर बनाउन बजेट विनियोजन गरेको छ।

मन्दिर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले नै चासो देखाइरहेका बेला बजेटमै व्यवस्था गरिएको हो। अर्थमन्त्री विष्णु पौडेलले अयोध्यापुरीमा राम सीता मन्दिर निर्माण गर्न रकम बिनियोजन गरिएको बताए। बजेटको रकम भने खुलाएनन्।

त्यसैगरी, बजेटमा पशुपतिनाथ मन्दिर पुनर्वलीकरण गर्न ३५ करोड विनियोजन गरिएको छ। त्यसैगरी जानकी मन्दिर र तिलौराकोटालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने पनि अर्थमन्त्री पौडेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell