काठमाडौं: युवा तथा खेलकुदमा यसवर्ष बजेट बढेर आएको छ। अघिल्लो वर्ष २ अर्ब ३६ करोड रकम बिनियोजन भएकोमा यसवर्ष २ अर्ब ७४ करोड विनियोजन विनियोजन भएको छ।
यसवर्षको खेलकुदको बजेट रंगशाला निर्माणमा केन्द्रीत भएको देखिएको छ।
झापाको दमकमा अन्तर्राष्ट्रिय स्तरको मदनभण्डारी रंगशाला दुईवर्षभित्र सञ्चालनमा ल्याउने गरि निर्माण प्रारम्भ गरिने बजेटमा उल्लेख गरिएको छ। त्यस्तै मोरङको वैजनाथपुर, काठमाडौंको मुलपानी रुपन्देहीको भैरहवा, दाङको लमही, बाँकेको नेपालगञ्ज र कञ्चनपुरको महेन्द्रनगरमा क्रिकेट मैदान निर्माण सम्पन्न गर्न बजेट छुट्याइएको छ। त्यस्तै कास्कीमा निर्माणाधीन आगामी वर्ष पोखरा रंगशाला यहि वर्ष निर्माण सम्पन्न हुनेछ।
यसबाहेक सोलुखुम्बु, सिन्धुपाल्चोक, मनाङ र मुस्ताङ र जुम्लामा हाइअल्टिच्युट स्पोर्टस सेन्टर निर्माण गर्न आवश्यक रकम व्यवस्था बजेटमा व्यवस्था गरिएको छ। त्यस्तै नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि बजेट विनियोजित भएको छ भने अन्तर्राष्ट्रिय स्तरमा पदक हाँसिल गर्न सम्भाव्य खेल पहिचान गरी प्रोत्साहन बताइएको छ। त्यस्तै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता बृद्धि गरिने उल्लेख गरिएको छ।
त्यस्तै सक्रिय खेलजीवनबाट निबृत्त खेलाडीलाई व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने उल्लेख गरिएको छ।
