PahiloPost

Jun 27, 2024 | १४ असार २०८१

बजेटमा फिल्म उद्योग : यस्ता छन् छुट, सहुलियत र योजना



पहिलोपोस्ट

बजेटमा फिल्म उद्योग : यस्ता छन् छुट, सहुलियत र योजना

काठमाडौं : सरकारले फिल्म क्षेत्रलाई व्यवासायिक हितका लागि व्यवसायिक नियन्त्रण कोषमार्फत् सहयोग गर्ने भएको छ। कोरोना भाइरस संक्रमणको महामारीका कारण प्रभावित फिल्म उद्योगलाई वर्ष २०७८/७९ को बजेटमा छुट, सहुलियत र योजनासहित समेटिएको छ।

अर्थमन्त्री विष्णु पौडेलका अनुसार सातै प्रदेशमा फिल्म छायाँकनका लागि स्टुडियो स्थापना गर्न आवश्यक बजेट विनियोजन गरिएको छ। प्रदेशहरूमा सम्भाव्यता अध्ययन गरी निर्माण प्रारम्भ गरिने योजना छ।

काभ्रेपलाञ्चोकको बनेपामा अत्याधुनिक फिल्म स्टुडियो निर्माण गर्ने मन्त्री पौडेलले बताए। गणेश हिमालसम्म फिल्म छायाँकनका लागि सडक निर्माण तथा आवश्यक पूर्वाधार तयार पारिने योजना रहेको छ।

उत्कृष्ट फिल्म निर्माणलाई प्रोत्साहन गर्न चलचित्र विकास बोर्ड अन्तर्गत सञ्चालित स्टोरी बैंकलाई निरन्तरता दिइँदैछ। गत वर्षको बजेट भाषणमार्फत् मौलिक फिल्म निर्माणका लागि स्टोरी बैंकको अवधारणा अघि सारेको थियो।

सरकारले फिल्म क्षेत्रलाई इजाजत एवं नविकरण दस्तुरमा पनि छुट दिने भएको छ। चलिचत्रसँगै हस्तकला, हवाइ सेवा, सञ्चार गृह, विज्ञापन सेवा, हेल्थ क्लव, ब्यूटी पार्लरले पनि इजाजत दस्तुर तिर्नु पर्ने छैन। उक्त उद्योगहरू स्वत: नविकरण हुनेछन्।

त्यस्तै चलचित्र उद्योगलाई विद्युत खपतमा समेत डिमान्ड शूल्क छुट दिइँदै छ। फिल्मसहित अन्य उद्योगहरूलाई ५० प्रतिशत घर भाडा छुटको व्यवस्था गरिएको छ।

फिल्म उद्योगका लागि अवस्था अध्ययन गरी आवश्यक बजेटको व्यवस्था गरिने बताइएको ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell