PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

स्थगित सगरमाथा संवाद आगामी आर्थिक वर्षमा, एनआरएनलाई स्मार्ट कार्ड



पहिलोपोस्ट

स्थगित सगरमाथा संवाद आगामी आर्थिक वर्षमा, एनआरएनलाई स्मार्ट कार्ड

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षमा सगरमाथा संवाद कार्यक्रम गर्ने भएको छ। गत वर्ष स्थगित भएको कार्यक्रमलाई आगामी आर्थिक वर्षमा आयोजन गर्ने भएको हो।

त्यस्तै विदेशमा रहेका नेपालीको हकहितका लागि कुटनीतिक नियोगहरुलाई सक्रिय बनाइनेसमेत भएको छ। 'वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा, मर्यादित रोजगारीको निरन्तरता तथा सामाजिक संरक्षणको लागि विदेशस्थित कुटनीतिक नियोगलाई परिचालन गरिनेछ,' अर्थमन्त्री विष्णु पौडेलले भने।

त्यस्तै आर्थिक वर्ष देखि विद्युतीय राहदानी लागु गरिने समेत बजेटमा उल्लेख छ। यो कार्यक्रम गत आर्थिक वर्षमा पनि उल्लेख थियो।

त्यस्तै प्रवासमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्नका लागि कार्ययोजना तयार गरिने भएको छ। एनआरएनहरुलाई स्मार्ट कार्ड वितरण गरिने छ। त्यस्तै विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी र प्रविधिलाई राष्ट्रिय विकास उपयोग गर्न ब्रेनगैन सेन्टरलाई सुदृढ गर्नेसमेत उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell