PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

बजेट आकार १६ खर्ब ४७ अर्ब ५७ करोड, पौने दुई खर्बले बढ्यो



पहिलोपोस्ट

बजेट आकार १६ खर्ब ४७ अर्ब ५७ करोड, पौने दुई खर्बले बढ्यो

काठमाडौः सरकारले आगामी वर्ष १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट कार्यक्रम प्रस्तुत गरेका छन्। कर्मचारी तलब र वृद्ध भत्ता वृद्धिसहित कार्यक्रम पेश गरेका हुन्।

सरकाले चालु शिर्षकमा ६ खर्ब ७८ अर्ब ४१ करोड विनियोजन गरेको छ। यो कुल बजेटको ४१.२ प्रतिशत हो। यस्तै वित्तिय हस्तान्तरण तर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड विनियोजन गरिएको छ। यस्तै विकास तर्फ ३ खर्ब ४७ अर्ब २६ करोड छ । यो कुन विनियोनको २२.७ प्रतिशत हो।

वित्तिय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड विनियोजन गरिएको छ। यस्तै राजस्वबाट १० खर्ब २४ अर्ब २४ करोड असुलको लक्ष्य राखेको छ।

वैदेशिक अनुदान बाट ६३ अर्ब प्राप्तिको लक्ष्य छ। यस्तै वैदेशिक ऋणबाट ३ खर्ब ९ अर्ब आन्तरिक र ऋणबाट २ खर्ब ५० अर्ब उठाउने तयारी छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell