PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

नेपाल भर्सेस इराक : पहिलो हाफमा नेपाल ४-२ ले पछाडि



पहिलोपोस्ट

नेपाल भर्सेस इराक : पहिलो हाफमा नेपाल ४-२ ले पछाडि
तस्बिर: इराक फुटबल एसोसिएसन्

काठमाडौं: इराकसँगको मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपाल ४-२ गोलअन्तरले पछि परेको छ। विश्वकप क्वालिफायर्सका तयारीका रुपमा नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो।

रोमाञ्चक खेलको सातौं मिनेटमा नै इराकले अला अब्दुल्ला खासिनको गोलमा अग्रता बनाएको थियो। तर त्यसको दुई मिनेट नबित्दै नेपालले खेल बराबरीमा ल्यायो। अन्जन विष्टको प्रहार इराकका डिफेन्डर अला अब्दुल्ला खासिनले जोगाउन खोज्दा गोल भएको थियो। विष्टको गोल गोलको सहायतामा नेपालले खेल बराबरीमा ल्याएको थियो।

त्यस्तै २९ औं मिनेटमा नेपालले अग्रता बनाएको थियो। मनिष डाँगीले डेभ्यु खेलमै गोल गर्दा नेपालले अग्रता बनाएको थियो। यद्यपि यो अग्रता धेरै समय टिक्न भने सकेन।

खेलको ३९ औं मिनेटमा मोहम्मद अब्दुलजाराले गोल थप्दै खेल बराबरीमा ल्याए। त्यसको अर्को मिनेटमै ऐमेन हुसैनले गोल थप्दै अग्रता दिलाए। त्यस्तै इन्ज्युरी समयमा हुसैनले नै अर्को गोल थप्दा पहिलो हाफमा नेपाल ४-२ ले पछि पर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell