PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

डेब्यू खेलमै गोल गरेका मनिष भन्छन् : खुशीसँगै दु:ख लागेको छ



पहिलोपोस्ट

डेब्यू खेलमै गोल गरेका मनिष भन्छन् : खुशीसँगै दु:ख लागेको छ
फोटोहरु : इराक फुटबल एसोसियसन

काठमाडौं : इराकसँगको मैत्रीपूर्ण खेलमा नेपालले आज फराकिलो हार ब्यहोर्‍यो। फिफा वरीयतामा आफूभन्दा धेरैमाथि रहेको इराकसँग नेपालले ६-२ गोलअन्तरले पराजय ब्यहोर्दा नेपालको तर्फबाट गोल गर्ने एकजना खेलाडी थिए मनिष डाँगी।

कोरियामा बस्दै आएका डाँगीले नेपालबाट उमेर समूहमा प्रतिनिधित्व गरिसके पनि सिनियर टोलीबाट इराकविरुद्ध डेब्यू गरेका थिए। र, डेब्यू खेलमै उनले गोल पनि गरे। खेलको २९ औं मिनेटमा गोल गरेका उनले इराकसँगको खेलबाट नयाँ अनुभव भएको बताए।

‘सबै हामीभन्दा टेक्निकल्ली राम्रो राम्रो खेलाडीहरु थिए। रिजल्ट राम्रो नभए पनि धेरै कुरा सिक्न पाएजस्तो भयो’, उनले भने, ‘यो एउटा राम्रो अनुभव भएको छ।’

डेब्यू खेलमै गरेको गोलबारे कुरा गर्दै डाँगीले आफू खुशी र दुखी एकैसाथ भएको प्रतिकृया दिए।

‘डेब्यूमै गोल गर्दा पनि खुशीसँगै दु:ख पनि लागि रहेको छ। नजिता राम्रो आउन सकेन,’ उनले भने, ‘अझै भविष्यमा मेहेनत गरेर राम्रो गर्न चाहन्छु।’

उनले एनएसएलमा विराटनगर सिटीबाट खेलेका थिए भने मोफसलमा थ्री स्टार क्लबबाट खेलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell