PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

भियतनाममा देखियो कोरोना भाइरसको नयाँ भेरियन्ट



पहिलोपोस्ट

भियतनाममा देखियो कोरोना भाइरसको नयाँ भेरियन्ट
Reuters

भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छ। बीबीसीका अनुसार त्यहाँ देखिएको भेरियन्ट भारत र बेलायतमा पहिले पाइएको भाइरससँग मिल्दो छ।

शनिवार भियतनामका स्वास्थ्य मन्त्री गुयेन थान्ह लान्गले भाइरसको नयाँ भेरियन्ट जोखिमपूर्ण भएको बताए।

भाइरसको रूप बद्लिन्छ अर्थात् म्यूटेट हुन्छ। केही भाइरस म्यूटेसनपछि कमजोर हुन्छन् भने केही झन् संक्रामक बन्छन्। सन् २०२० मा आउटब्रेक भएको कोभिड-१९ पछि यसका विभिन्न स्वरुप पहिचान भएका छन्। जसका कारण संक्रमणको लहरहरू एकपछि अर्को गर्दै आइरहेका छन्। 

भियतनाममा हाल संक्रमणदर बढ्दो छ। त्यहाँ महामारी सुरु भएदेखि हालसम्म ६ हजार ७ सय जनामा संक्रमण पुषटि भएको छ। जसमध्ये धेरै यसै वर्षको अप्रिलदेखि संक्रमित भएका हुन्। त्यहाँ संक्रमणका कारण हालसम्म ४७ जनाले ज्यान गुमाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell