भारतमा पछिल्लो २४ घण्टामा एक लाख ६५ हजार ५ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। बीबीसी हिन्दीका अनुसार शनिवारमात्र ३ हजार ४ सय ६० संक्रमितले ज्यान गुमाए।
हालसम्म त्यहाँ दुई करोड ७८ लाख ९४ हजार ८ हजारमा संक्रमण देखिएको छ भने २१ लाख १५ हजार ५ सय ८ एक्टिभ केस छन्।
इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार २४ घण्टामा २० लाख ६३ हजार ८ सय ३९ भारतीयमा कोरोना भाइरसको सङ्क्रमण परीक्षण गरिएको छ।
संक्रमणका कारण मर्नेको संख्या कुल ३ लाख २५ हजार ९ सय ७२ मानिसको मृत्यु भएको छ। त्यहाँका २१ करोड २० लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्।
