PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा देउवाका तर्फबाट अधिवक्ता बन्दीले थाले बहस : देव गुरुङ पनि पुगे बहस गर्न



कमलराज भट्ट

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा देउवाका तर्फबाट अधिवक्ता बन्दीले थाले बहस : देव गुरुङ पनि पुगे बहस गर्न

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दाको आज पनि संवैधानिक इजलासमा सुनुवाई शुरु भएको छ। शुरुमै प्रधानमन्त्री पदका दाबेदार प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अधिवक्त गोविन्द बन्दीले बोल्न शुरु गरेका छन्। त्यसैगरी बहसका लागि देव गुरुङ सर्वोच्च आइपुगिसकेका छन्। आज भीम रावल, रमेश लेखकले पनि बहस गर्नेछन्।

सर्वोच्च पुग्नुअघि दलका नेताहरुबीच देउवा निवास बुढानिलकण्ठमा छलफल भएको थियो। शुक्रवार शुरु भएको मुद्दाहरुमा बहस नसकिएकाले आजका लागि सुनुवाई स्थगित गरिएको थियो।

प्रतिनिधि सभा विघटनमाविरुद्ध विपक्षी दलको गठबन्धनसहित दुई दर्जन बढी रिट परेका छन्। जेठ ७ गते मध्यराति केपी शर्मा ओलीको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी हुन्। प्रतिनिधि सभा विघटनपछि प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाको नेतृत्वमा विपक्षी दलहरु रिट दर्ता गर्न सर्वोच्च अदालत पुगेका हुन्।

विपक्षी दलहरुले १४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति भण्डारी समक्ष देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरेपनि दाबी नपुगेको भन्दै प्रतिनिधि सभा विघटन भएको थियो। त्यसपछि देउवा १४६ जना सांसदको सनाखतसहित सर्वोच्च पुगेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell