PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

संवैधानिक इजलासमा बहस : न्यायाधीश केसीमाथि पनि उठ्यो प्रश्न, देउवाका वकिलले गरे हटाउन माग



संवैधानिक इजलासमा बहस : न्यायाधीश केसीमाथि पनि उठ्यो प्रश्न, देउवाका वकिलले गरे हटाउन माग

काठमाडौं : नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाको तर्फबाट संवैधानिक इजालसमा बहस गरिरहकेका अधिवक्ता गोविन्द बन्दीले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीमाथि प्रश्न उठाएका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमा हाल सर्वोच्च अदालतको पाँच सदस्यीय संवैधानिक इजलासमा बहस भइरहेको छ। प्रधानन्यायधीश जबराको नेतृत्वको इजलासको न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन्।

बन्दीले नेकपा नाम विवादमा सर्वोच्चले गरिएको फैसलाविरुद्ध पुनरावलकन गर्न अस्वीकार गर्ने प्रधानन्यायाधी जबरा र र न्यायाधीश तेजबहादुर केसीमाथि पनि प्रश्न उठाएका हुन्।

यसअघिको सुनुवाइमा नेकपा नाम विवादमा फैसला गर्ने न्यायाधीश बम कुमार श्रेष्ठ माथि प्रश्न उठाइएको थियो।

आजको बहसमा बन्दीले श्रेष्ठसहितको इजलासले उक्त मुद्दामा मागदाबी भन्दा बढी फैसला भएको र अदालतले क्षेत्राधिकार नाघेको बताए। र, उक्त फैसलाको पुनरावलकन नगर्ने निर्णय सुनाएका जबरा र केसीमाथि प्रश्न उठाए।

यद्यपि, बहसका क्रममा बन्दीले संविधानले प्रधानन्यायाधीशको नेतृत्वमा संवैधानिक इजलासको परिकल्पना गरको भन्दै जबरामाथि प्रश्न नउठ्ने बताए। तर न्यायाधीश श्रेष्ठसँगै न्यायाधीश केसीले पनि संवैधानिक इजलास छाड्नुपर्ने दलील बन्दीले प्रस्तुत गरे।

बन्दीले नेकपा विवादको फैसला इजलासमा प्रस्तुत गरेपछि प्रधान्यायाधीश जबरा जंगिएका थिए।

सम्बन्धित समाचार : देउवाका अधिवक्ताले नेकपा विवादमा प्रश्न उठाएपछि जंगिए प्रधानन्यायाधीश, 'त्यो फैसला यहाँ किन जोडियो?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell