PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

ब्राजिलमा कोरोनाको विषय उठाउँदै गरियो राष्ट्रपतिलाई हटाउने माग



पहिलोपोस्ट

ब्राजिलमा कोरोनाको विषय उठाउँदै गरियो राष्ट्रपतिलाई हटाउने माग

राष्ट्रपति जायर बोलसोनारोविरुद्ध ब्राजिलमा प्रदर्शन भएको छ। कोभिड-१९ संकटको व्यवस्थापनलाई लिएर विरोध भएको बीबीसीमा उल्लेख छ।।

ब्राजिलको राजधानी ब्रासिलियामा हजारौं प्रदर्शनकारी जम्मा भए र राष्ट्रपतिलाई महा अभियोग लगाउने चेतावनी दिए र पर्याप्त भ्याक्सिनको माग गरे।

ब्राजिलको अन्य केही शहरमा विरोध-प्रदर्शन भइरहेको छ। त्यहाँ कोरोनाका कारण हालसम्म चार लाख ६० हजार मानिसको मृत्यु भइसकेको छ। ब्राजिल दुनियाँमा महामारीका कारण सर्वाधिक प्रभावित तेस्रो देश हो। त्यहाँ एक करोड ६० लाख जनामा संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell