PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

कामचलाउ सरकारले ल्याएको बजेट ‘ललिपप’ जस्तै : प्रदीप यादव



राधेश्याम पटेल

कामचलाउ सरकारले ल्याएको बजेट ‘ललिपप’ जस्तै : प्रदीप यादव

वीरगंज : सरकारले ल्याएको आव २०७८/०७९को बजेटलाई जसपाका नेता प्रदीप यादवले बालबालिका फाकाउने ‘ललिपप’ को संज्ञा दिएका छ्न्। सस्तो लोकप्रियताको लागि कामचलाउ सरकारले ल्याएको अहिलेको बजेट बालबालिका फकाउने ललिपपबाहेक अरु केही नभएको उनले प्रतिक्रिया दिए।

‘हात्तीको दुई वटा दाँत हन्छ, एउटा खाना खाने र अर्को देखाउने,’ आइतवार उनले भने, ‘यो सरकारको दुई वटा दाँत छ, सबैलाई रिझाउने र फकाउने खालको बजेट ल्याएर सरकारले अगामी दिनमा पनि सत्तामा बसिरहन प्रयास गरेको छ।’ उनले सरकारले ल्याएको बजेटमा अधिकांश योजना ५ वर्षे छन्। जुनकी कार्यान्वयनमा निकै कठिनाई उत्पन्न हुने छ। पर्सा क्षेत्र नं १ का निवर्तमान प्रतिनिधि सभा सदस्यसमेत रहेका यादव जसपाको उपेन्द्र यादव पक्षका नेता हुन्।

उनले वृद्धा भत्ता बढाएर जेष्ठ नागरिक र शैक्षिक प्रमाण पत्रको धितो राखेर युवालाई २५ लाखसम्म ऋणको योजना ल्याएर युवालाई आकर्षित गरी एमाले सरकारले आफ्नो पार्टीको पक्षमा चुनावी महोल बनाउन खोजेको आरोप लगाए। ‘शैक्षिक कर्जाको लागि पोहोरको बजेटले पनि बोलेको थियो,’ उनले भने, ‘तर कोही विद्यार्थीलाई प्रमाणपत्रको अधारमा कर्जा पाएन, यसपाली पनि यो योजना पनि फेल हुन्छ।’ उनले पर्सा, बारा र प्रदेश २ लाई सबैभन्दा कम बजेट दिइनुले पनि प्रदेश २ लाई सरकारले विभेद गरेको उजागर भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell