PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

रामदेवको चुनौती : मेडिकल माफियासँग हिम्मत भए आमिर खानविरुद्ध बोलुन्



पहिलोपोस्ट

रामदेवको चुनौती : मेडिकल माफियासँग हिम्मत भए आमिर खानविरुद्ध बोलुन्

बाबा रामदेवले मेडिकल माफियाहरूलाई अभिनेताविरुद्ध बोल्न चुनौती दिएका छन्। एलोपेथी र आयुर्वेदको झगडामा आफूलाई सही पुष्टि गर्न उनले सन् २०१२ को ‘सत्यमेव जयते’को भिडियो ट्वीटरमार्फत् सेयर गरेका हुन्।

चुनौती दिँदै लेखेका छन्,’मेडिकल माफियामा हिम्मत भए आमिर खानविरुद्ध मोर्चा खोलेर देखाउन्।‘

भिडियोमा आमिरले शोमा आएका अतिथि डाक्टर समित शर्मासँग बजारमा उपलब्ध एलोपेथीको महंगो औषधिमाथि चर्चा गरेका छन्। डाक्टरले एलोपेथीको औषधी ५० गुणाभन्दा बढीसम्म बिक्री हुने बताएका छन्।

केही दिन पहिले बाबा रामदेवको एक भिडियो भाइरल भएको थियो जसमा उनले एलोपेथीको बकवास विज्ञान बताएका थिए। उनले रेम्डिसिविर, फेवीफ्लू जस्ता औषधिका नाम लिएर भनेका थिए – कोरोनाको उपचारमा यी औषधि असफल रहे। एलोपेथी सफल हुन्थ्यो भने डाक्टर बिरामी पर्थेनन्। उनीहरूको मृत्यु हुँदैन थियो।

पछि केन्द्रीय स्वास्थ्य मन्त्री डाक्टर हर्षवर्धनले रामदेवको बयान दुर्भाग्यपूर्ण बताएका थिए। आफ्नो तर्कका लागि माफी समेत मागेका बाबा उक्त ट्वीटपछि फेरि विवादमा परेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell