PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

नेतालाई पढाउने केन्द्रका लागि पनि बजेट विनियोजन हुनुपर्‍यो : वर्षा शिवाकोटी 



पहिलोपोस्ट

नेतालाई पढाउने केन्द्रका लागि पनि बजेट विनियोजन हुनुपर्‍यो : वर्षा शिवाकोटी 

काठमाडौं : शनिवार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९  बजेट सार्वजनिक गरे। सार्वजनिक बजेटमाथि नेपाली फिल्मकर्मी एवं कलाकारहरूले पनि प्रतिक्रिया जनाइरहेका छन्।

अभिनेत्री वर्षा शिवाकोटीले नेतालाई पढाउने र बुझाउने तालिम केन्द्रको लागि पनि बजेट विनियोजन हुनुपर्ने धारणा राखेकी छिन्।

उनले फेसबुकमा व्यङ्ग्य गर्दै लेखेकी छिन्,’बजेट त सधैं राम्रो र आनन्द लाग्ने आउने हो। यो पटक झन् राम्रो र कर्णप्रिय लाग्दैछ। तर, भाषण सकिने वित्तिकै एक अर्कालाई सत्तोसराप सुरु हुने निश्चित छ।’

नेताको दिनहुँको किचलोले जनतालाई दिक्क लागेको जनाउँदै कुरा बुझाउन नेतालाई पढाउने र बुझाउने तालिम केन्द्रको माग गरेकी छिन्। त्यस्तो केन्द्रका लागि पनि बजेट विनियोजन गर्दा हुने धारणा राखेकी छिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell