PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपाली फुटबल टोली आज कुवेत जाँदै



पहिलोपोस्ट

नेपाली फुटबल टोली आज कुवेत जाँदै
फाइल फोटो: एनएसजेएफ

काठमाडौं: नेपाली फुटबल टोली आज कुवेत जाँदैछ। इराकसँग मैत्रीपुर्ण खेल खेलेको नेपाल अब विश्वकप छनोट अन्तर्गतको खेल खेल्नका लागि कुवेत प्रस्थान गर्नेछ।

नेपाली टोली आज इराकबाट स्थलमार्गबाट हुँदै बेलुकी ६ बजे कुवेत प्रस्थान गर्नेछ। दुईघण्टाको यात्रापछि नेपाली टोली कुवेत पुगिने टिम म्यानेजर मधुसुधन उपाध्यायले जनाए।

विश्वकप छनोट अन्तर्गतको बाँकी खेलको तयारीमा रहेको नेपालले इराकसँग शनिवार मैत्रीपूर्ण खेले खेलेको थियो। जसमा ६-२ गोलअन्तरले पराजय ब्यहोरेको थियो।

कुवेतमा नेपालले चाइनिज ताइपेइ, जोर्डन र अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell