PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सगरमाथा आरोहणका क्रममा  मृत्यु भएका अमेरिकी नागरिकको शव १९ दिनपछि ल्याइयो काठमाडौं, पोस्टमार्टम हुँदै

सगरमाथा आरोहणका क्रममा मृत्यु भएका अमेरिकी नागरिकको शव १९ दिनपछि ल्याइयो काठमाडौं, पोस्टमार्टम हुँदै

रोजन श्रेष्ठ/पहिलोपोस्ट


सगरमाथा आरोहणको क्रममा मृत्यु भएका अमेरिकी नागरिक पुवेइ लिउको शव काठमाडौं ल्याइएको छ। लिउ यस वर्षको वसन्त ऋतुमा ज्यान गुमाउने पहिलो व्यक्ति बनेका थिए।

सेभेन समिट ट्रेकमार्फत सगरमाथा आरोहणमा जानेक्रममा गत वैशाख २९ गते साँझ करिब ६ बजे चौथो शिविरमा ५४ वर्षीय लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ऋषिराज ढकालले जानकारी दिए।

साउथ कोलको क्याम्पबाट सगरमाथा चुचुरोतर्फ जाने क्रममा लिउ स्नो ब्लाइन्डनेस र थकानका कारण उनको मृत्यु भएको शेर्पाहरुले जनाएका छन्।

आइतवार काठमाडौं ल्याइएको उनको शरीर पोष्टमार्टम पश्चात परिवारलाइ हस्तान्तरण गर्ने सेभेन समिट ट्रेकले जनाएको छ। उनको शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको छ। मौसम अनुकूल नहुँदा तत्काल शव ल्याउन गर्न नसकिएकाले आज हेलिकप्टरमार्फत काठमाडौं लगिएको उनले बताएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell