PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

अक्षयको फिल्म ‘पृथ्वीराज’को नाम परिवर्तन गर्न करणी सेनाको माग



पहिलोपोस्ट

अक्षयको फिल्म ‘पृथ्वीराज’को नाम परिवर्तन गर्न करणी सेनाको माग
Photo: India Today

बलिउड अभिनेता अक्षय कुमारको आउँदो फिल्म ‘पृथ्वीराज’ विवादमा फसेको छ। फिल्मको नामलाई लिएर करणी सेनाले आपत्ति जनाएको छन्। यो फिल्म राजा राजपूत पृथ्वीराज चौहानको बायोपिकमा आधारित छ। जसमा अक्षय पृथ्वीराजको भूमिकामा देखिदै छन्।

‘जब फिल्म महान राजा पृथ्वीराज चौहानको जीवनमा आधारित छ भने किन यसको टाइटल पृथ्वीराज मात्र राखिएको?’ राजपुत संगठन करणी सेनाका यूवा विंग अध्यक्ष तथा फिल्म मेकर सुरजित सिंह राठौरको प्रश्न छ

साथै फिल्मको टाइटलमा उनको पूरा नाम समावेश गरि सम्मान दिनुपर्ने समेत माग राखिएको छ। फिल्मको नाम परिवर्तन नभएको खण्डमा निर्माण पक्षले ठूलो क्षती ब्यहोर्नुपर्ने करणी सेनाले चेतावनी दिएको छ।

करणी सेनाले फिल्मको रिलिज अघि विशेष शोको आयोजना गरेर आफूहरुलाई फिल्म देखाउनु पर्ने माग पनि गरेको छ। अन्यथा, फिल्मको निर्माण पक्षले ‘पद्यमावत’को हालत व्यहोर्नुपर्ने चेतावनी करणी सेनाले दिएको छ।

यशराज ब्यानरले निर्माण गरिरहेको फिल्ममा अक्षयका साथै अभिनेत्री मानुषी छिल्लरको भूमिका रहेको छ। फिल्ममा निर्देशन भने डाक्टर चन्द्रप्रकाश द्विवेदीको रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell