PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राप्रपाका मेयर धवल शम्शेरले गरे राष्ट्रिय सभाको उपनिर्वाचन बहिस्कार, राप्रपा केन्द्रको नीति थियो एमालेलाई सहयोग गर्ने



पूजा पन्थी

राप्रपाका मेयर धवल शम्शेरले गरे राष्ट्रिय सभाको उपनिर्वाचन बहिस्कार, राप्रपा केन्द्रको नीति थियो एमालेलाई सहयोग गर्ने

बुटवल : नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले राष्ट्रिय सभाको उपनिर्वाचनमा मतदान नगर्ने भएका छन्। आज जारी लुम्बिनी प्रदेशको राष्ट्रिय सभाको मतदान आफ्नो प्रथामिकतामा नपरेको भन्दै उनले यस्तो निर्णय गरेको बताएका छन्।

स्थानीय सरकारको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा निर्वाचित राणाले ट्वीटरमार्फत आफू मतदानमा सहभागी नहुने बताएका हुन्। 'आज हुने लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन। मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकोले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भईरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु,' उनको ट्वीटमा उल्लेख छ।

यसअघि राप्रपा अध्यक्ष कमल थापाले राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका उम्मेद्वारलाई मतदान गर्ने जनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell