PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

नाइजेरियामा फेरि सयौं विद्यार्थीको सामूहिक अपहरण



पहिलोपोस्ट

नाइजेरियामा फेरि सयौं विद्यार्थीको सामूहिक अपहरण
AFP

नाइजेरियाको इस्लामिक स्कूलका विद्यार्थीलाई बन्दुकधारीहरूले अपहरण गरेका छन्। नाइजर राज्यका अधिकारीहरूले बीबीसीलाई खबर पुष्टि गरे।

आइतवार तेगीना शहरको स्कूलबाट अज्ञात समूहले विद्यार्थीहरू पक्राउ गरेका हुन्।

विद्यालयका एक शिक्षकका अनुसार एक सय ५० विद्यार्थी हराइरहेका छन्। अन्य तथ्याङ्कले भने दुई सय विद्यार्थी सम्पर्कविहीन भएको जनाएको छ।

नाइजेरिया उत्तरी क्षेत्रहरूमा अपहरणका घटना बढिरहेका छन्। गत फेब्रुअरीमा जाम्फारा राज्यमा रहेको एक बोर्डिङ स्कूलबाट तीन सय छात्रालाई सशस्त्र बलले लगेका थिए। उनीहरूलाई पछि मुक्त गरियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell