PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

कोपा अमेरिका अर्जेन्टिनामा नहुने



पहिलोपोस्ट

कोपा अमेरिका अर्जेन्टिनामा नहुने
Photo: AFP

अर्जेन्टिनामा कोभिड संक्रमणको दर बढ्दै गएपछी कोपा अमेरिका अर्जेन्टिनामा नहुने भएको छ। साउथ अमेरिकन फुटबल फेडेरेसन (कन्मेबल)ले विज्ञप्ति निकाल्दै बढ्दो कोभिड संक्रमणका कारण अर्जेन्टिनाबाट प्रतियोगिता सार्ने जनाएको हो

‘कन्मेबलले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै अर्जेन्टिनाबाट कोपा अमेरिका स्थगित गर्छ,’ फेडेरेसनको ट्वीटमा भनिएको छ, ‘फेडेरेसनले प्रतियोगिता गराउन इच्छुक अन्य देशहरुको विश्लेषण गरिरहेको छ।

कोभिड संक्रमणको दर बढेपछी कोपा अमेरिका सुरु हुनुभन्दा दुई हप्ता अघि अर्जेन्टिनामा ९ दिनका लागि लकडाउन लगाइएको थियो।

यसअघि कोलम्बिया र अर्जेन्टिनामा संयुक्त रुपमा प्रतियोगिता गर्ने भनिएकोमा कोलम्बियामा बढ्दो सरकारविरोधी आन्दोलन र कोभिड संक्रमणका कारण अर्जेन्टिनामा सबै प्रतियोगिता गराउने फेडेरेसनले तयारी गरेको थियो। प्रतियोगिता १४ जुनदेखि ११ जुलाइसम्म हुने तालिका रहेको छ। जसका लागि दश टिमलाई दुई समूहमा विभाजन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell