PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

‘रेस्क्यू म्युजिक अवार्ड २०७८’मा हरेक विधाका विजेतालाई नगद पुरस्कार दिइने



पहिलोपोस्ट

‘रेस्क्यू म्युजिक अवार्ड २०७८’मा हरेक विधाका विजेतालाई नगद पुरस्कार दिइने

काठमाडौं : रेस्क्यू क्रियसनले आयोजना गर्न लागेको ‘रेस्क्यू म्युजिक अवार्ड २०७८’ मा विजेतालाई अवार्डसहित नगदसमेत दिइने भएको छ। विगत एक दशकदेखि म्युजिक भिडियो निर्माणमा सक्रिय क्रियसनले पहिलोपटक आयोजना गर्न लागेको अवार्डमा १७ विधाअन्तर्गत विधागत नाम सार्वजनिक गरिएको छ।

संस्थाका निर्देशक समन अधिकारीले प्रमुख १५ विधा र दुई मिडिया विधा गरी १७ विधामा प्रदान गरिने अवार्डमा विजेतालाई जनही ५ हजार रुपैयाँ दिइने जानकारी दिए।

अधिकारी भन्छन्, ‘स्रष्टाको मेहनतको कदर गर्न हामीले अवार्ड आयोजना गर्न लागेका हौँ। त्यसकारण अवार्डसँगै थोरै भए पनि नगद दिन लागेका हौँ।’

समनका अनुसार अवार्ड यस वर्षको अन्त्यमा नेपालमा र अर्को वर्ष युरोपमा हुनेछ।

‘सबै विधा विदेशमा बस्ने नेपालीको नाममा हुनेछ। हामी लाइफटाइम अचिभमेन्ट अवार्ड देशबाहिर रहेर नेपाली संगीतमा योगदान पुर्‍याउनेलाई दिनेछौँ,’ अधिकारीले भने।

विधागत नाम सार्वजनिक :

आउट्स्ट्यान्डिङ लिरिसिस्ट(पप/मोडर्न/ फिल्म)
आउट्स्ट्यान्डिङ म्युजिक कम्पोजर (पप/मोडर्न/ फिल्म)
आउट्स्ट्यान्डिङ म्युजिक एरेञ्जर (पप/मोडर्न/ फिल्म)
आउट्स्ट्यान्डिङ मेल भोकल (पप/मोडर्न/ फिल्म)
आउट्स्ट्यान्डिङ फिमेल भोकल (पप/मोडर्न/ फिल्म)
आउट्स्ट्यान्डिङ लोकदोहोरी भोकल (लोकदोहोरी)
आउट्स्ट्यान्डिङ लोकदोहोरी लिरिसिष्ट (लोकदोहोरी)
आउट्स्ट्यान्डिङ लोकदोहोरी मेलोडी (लोकदोहोरी)
आउट्स्ट्यान्डिङ मेल आर्टिष्ट (पप/मोडर्न/ फिल्म)
आउट्स्ट्यान्डिङ फिमेल आर्टिष्ट (पप/मोडर्न/ फिल्म)
आउट्स्ट्यान्डिङ म्युजिक भिडियो सिनेमाटोग्राफर (पप/मोडर्न/ फिल्म)
आउट्स्ट्यान्डिङ म्युजिक भिडियो एडिटर (पप/मोडर्न/ फिल्म)
आउट्स्ट्यान्डिङ म्युजिक भिडियो कोरियोग्राफर (पप/मोडर्न/ फिल्म)
आउट्स्ट्यान्डिङ म्युजिक भिडियो डिरेक्टर (पप/मोडर्न/ फिल्म)
आउट्स्ट्यान्डिङ म्युजिक भिडियो अफ द इयर (पप/मोडर्न/ फिल्म)
आउट्स्ट्यान्डिङ होस्ट इन ए टक सो
आउट्स्ट्यान्डिङ होस्ट इन ए न्यूज एंकर



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell