PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

फाइभ-जी टेक्नोलोजी रोक्न अभिनेत्री जुही चावलाले हालिन् भारत सरकारविरुद्ध मुद्दा



पहिलोपोस्ट

फाइभ-जी टेक्नोलोजी रोक्न अभिनेत्री जुही चावलाले हालिन् भारत सरकारविरुद्ध मुद्दा

भारतीय अभिनेत्री जुही चावलाले फाइभ-जी टेक्नोलोजी रोक्न भारत सरकारविरुद्ध मुद्दा हालेकी छिन्। उनले फाइभ-जी मोबाइल टेक्नोलोजी लागू गर्ने निर्णय रोकी पाउँ भन्दै दिल्लीको उच्च अदालतमा मुद्दा दर्ता गरेकी छिन्

जुहीले दर्ता गराएको मुद्दामा फाइभ-जीले मानिस र वन्यजन्तुमा आरएफ रेडिएसन पैदा गर्ने र यसले सबैलाई निकै हानी गर्ने दाबी गरिएको छ।

जुहीले अदालतलाई फाइभ-जी टेक्नोलोजी लागू गर्नु अघि यससँग सम्बन्धित सम्पूर्ण अध्ययनहरूलाई ध्यानपूर्वक पढ्न माग गरेकी छिन्। जुन अध्ययन मानवजाति, पशु र रूखहरूमा विकिरणको असरको बारेमा छ।

जुहीले लागू नै गर्ने भए पनि यस सम्बन्ध प्रशस्त अनुसन्धान हुनुपर्ने र यसको निष्कर्ष जनतालाई देखाउन पनि माग गरेकी छिन्।

अदालतले भने जुहीको मुद्दालाई जुन २ मा सम्बोधन गर्ने जनाएको छ।

जुही चावलाले लामो समयदेखि मोबाइल टावरबाट निस्कने हानिकारकको विरूद्धमा जनचेतना फैलाउने काम गर्दै आइरहेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell