PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

अग्युरो बार्सिलोनामा अनुबन्धित



पहिलोपोस्ट

अग्युरो बार्सिलोनामा अनुबन्धित
तस्बिर: एफसी बार्सिलोना

अर्जेन्टिनी खेलाडी सर्जियो अग्युरो बार्सिलोनामा अनुबन्धित भएका छन्। २ वर्षको करारमा अग्युरो इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीबाट बार्सिलोना पुगेका हुन्।

३२ वर्षे अग्युरोलाई भित्र्याएको बार्सिलोनाले रिलिज क्लज १०० मिलियन युरो तोकेको छ।  १० वर्ष सिटीमा रहँदा ३९० खेलबाट २६० गोल गरेका उनी सिटीका हालसम्मका सर्वाधिक गोलकर्ता हुन्।

ला लिगामा उनी योसँगै दोस्रो पटक अनुबन्धित भएका हुन्। उनी म्यानचेस्टर सिटी स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट सन् २०११ मा पुगेका थिए। सिटीमा रहँदा उनले १५ वटा मुख्य ट्रफी दिलाउन सफल भएका थिए।

सिटी जानु अघि ला लिगामा उनले एट्लेटिकोबाट पाँच सिजनमा ७४ गोल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell