PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

सिरि ए: लुकाकु प्लेयर अफ दी सिजन, रोनाल्डो बेस्ट स्टाइकर



पहिलोपोस्ट

सिरि ए: लुकाकु प्लेयर अफ दी सिजन, रोनाल्डो बेस्ट स्टाइकर

इटालियन सिरि ए को प्लेयर अफ दी सिजनको उपाधि बेल्जियन खेलाडी रोमेलु लुकाकुले जितेका छन्। लिग विजेता इन्टर मिलान स्ट्राइकर लुकाकुले जारी सिजन २४ गोल गर्दै टिमलाई लिग जिताउन महत्वपूर्ण योगदान गरेका थिए।

त्यस्तै सिरि ए का सर्वाधिक गोलकर्ता पोर्चुगिच खेलाडी क्रिस्टियानो रोनाल्डो बेस्ट स्ट्राइकर बने। लिगमा युभेन्टसबाट २९ गोल गरेका उनी लुकाकुलाई पछि पार्दै सर्वाधिक गोलकर्ता रहेका थिए।

त्यस्तै इन्टरमिलानका निकोलस बरेला उत्कृष्ट मिडफिल्डर बन्दा एटलान्टाका क्रिस्टियन रोमेरो उत्कृष्ट डिफेन्डर बने। त्यस्तै एसीमिलानका गोलकिपर जिआनलुइगी डोन्नरुम्मा उत्कृष्ट गोलकिपर बने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell