PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

लुम्बिनीमा भएको 'अन्तर्घात' बारे छानविन गर्ने बालुवाटार बैठकको निर्णय



पहिलोपोस्ट

लुम्बिनीमा भएको 'अन्तर्घात' बारे छानविन गर्ने बालुवाटार बैठकको निर्णय
बालुवाटार बैठकको फाइल फोटो।

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटीको बैठकले पार्टी एकताका लागि लचकता अपनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसँग एकताका लागि पहल गर्ने निर्णय गरेको हो।

एमालेका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकले अन्तिमसम्म पनि पार्टी एकताका लागि पहल गर्ने निर्णय भएको बताए। अदालतमा भइरहेको प्रतिनिधिसभा विघटनका बारेमा पनि बैठकमा छलफल भएको थियो। आफूले भनेकै न्यायाधीश हुनु न्योयोचित नहुने बैठकले निष्कर्ष निकालेको ज्ञवालीको भनाई छ।

'आफूले भनेको न्यायाधीश नै चाहिन्छ भन्ने स्वातन्त्र न्यायपालिकासँग मेल खाँदैन। पार्टी एकताका बारेमा  भएको छलफलका बारेमा पनि विवचेना भएको छ,' उनले भने।

बैठकमा सरकारले ल्याएको बजेटका बारेमा पनि छलफल भएको थियो। लुम्बिनीमा  सोमवार भएको राष्ट्रियसभाको उप निर्वाचनमा अन्तर्घात गर्नेमाथि छानविन हुने ज्ञवालीले बताए।

'सबै विपक्षी एक ठाउँमा हुँदा एमालेको मत पुग्दैन थियो। केही ठाउँमा अन्तर्घात भएको निष्कर्ष निकालेका छौं,' ज्ञवालीले भने।

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदल अहिले औचित्यमा नरहेको भन्दै उनले अनौपचारिक रुपमा मात्रै पार्टी एकताको पहल भइरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell