PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

चीनले दिएको ८ लाख डोज खोप लिएर आयो नेपाल वायु सेवा निगमको एयरबस

चीनले दिएको ८ लाख डोज खोप लिएर आयो नेपाल वायु सेवा निगमको एयरबस

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : कोरोना भाइरसविरुद्धको ८ लाख डोज खोप लिएर नेपाल वायु सेवा निगमको एयरबस ३३० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। चीनले नेपाललाई दिएको भेरोसेल खोप बेइजिङबाट ल्याइएको हो।

चीन सरकारले थप घोषणा गरेको कोभिड-१९ विरुद्धको १० लाख डोज खोपमध्ये आज ८ लाख डोज खोप ल्याइएको हो।

एक साता अगाडि चिनियाँ राष्ट्रपति सि जिनफिङले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन सम्वादका क्रममा १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराउने घोषणा गरेका थिए। सोही अनुरुप ८ लाख डोज नेपाल आउन लागेको हो। 

बाँकी दुई लाख डोज तिब्बत सरकारले उपलब्ध गराउने बताइएको छ। उक्त खोप हिमालय एयरलाइन्सले निःशुल्क ढुवानी गर्दै छ। जस अन्तर्गत् पहिलो चरणको खोप मंगलवार बिहान ल्याइसकेको छ भने बाँकी खोप ३ चरणमा नेपाल भित्त्र्‍याइने छ।

यसअघि नेपाललाई चीनले नेपाललाई ८ लाख डोज अनुदानमा खोप उपलब्ध गराइसकेको छ।  

 



ट्रेन्डिङ पोस्ट

Ncell