PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

निषेधाज्ञा थप गर्न उपत्यकाका तीन सीडीओ सहमत : अवधि भने भोलि सार्वजनिक गरिने



पहिलोपोस्ट

निषेधाज्ञा थप गर्न उपत्यकाका तीन सीडीओ सहमत : अवधि भने भोलि सार्वजनिक गरिने
फाइल फोटो।

काठमाडौं : काठमाडौं उपत्यकाभित्रका तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेका छन्। आज बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेपनि कति दिनसम्म थप गर्ने भन्ने बिषयमा टुङ्गो नभएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

‘एक हप्ता गर्ने की जेठ मसान्त सम्मनै पुर्‍याउने भन्ने छलफल भयो। निषेधाज्ञा थप हुन्छ तर कति दिन भन्ने भोलि बिहान सार्वजनिक गर्छौँ,’ प्रमुख जिल्ला अधिकारी पुराजुलीले भने।

यस पटको निषेधाज्ञा भने केही खुकुलो पारिने भएको छ। खाद्यन्न तथा डिपार्टमेन्टल स्टोरहरुलाई खोल्न दिने सहमति भएको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए। यसअघि एक सातासम्म खाद्यान्न र डपार्टमेन्टल स्टोरहरुलाई बन्द गरिएको थियो। काठमाडौं उपत्यकाभित्र एक साता कडाइको साथ गरिएको निषेधाज्ञाको कारण संक्रमण दर घटेको निष्कर्ष निकालेको थियो।

त्यस्तै, आजको बैठकमा अझ केही दिनसम्म काठमाडौं उपत्यकाभित्र केही कडाइ गर्नुपर्ने बहस पनि चलेको थियो।

‘अझै केही दिन थप कडाइ गर्ने पनि छलफल भयो। भोलि बिहान थप केही निर्णय आउँछ,’ प्रजिअ पराजुलीले भने।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) काठमाडौंको आज दिउँसो  बसेको बैठकले एक साता काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गर्न निर्णय गरेको थियो। बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी रहेको छ। काठमाडौं उपत्यकाभित्र मात्र होइन अहिले देशभरका ७५ वटा जिल्लामा निषेधाज्ञा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell