इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) को बोर्ड बैठकले २०२४ देखि ३०३१ सम्मको इभन्ट तालिकामा विश्वकपमा पुरुषतर्फ एकदिवसीय र टी २० दुबैतर्फ टिमको संख्य बढाउने निर्णय गरेको छ। त्यस्तै च्याम्पियन्स ट्रफी फेरि सुरु गराउने निर्णयसमेत गरेको छ।
२०२७ र २०३१ को एकदिवसीय विश्वकपमा सहभागी टिमको संख्या १४ हुनेछ जसमा ५४ खेलहरु हुनेछन्। यसअघि एकदिवसीयमा १० वट टिमले प्रतिस्पर्धा गर्दै आएका छन्।
त्यस्तै २०२४, २०२६, २०२८ र २०३० को टी २० विश्वकपमा २० टिमको सहभागिता रहने छ। हाल १६ टिमले टी २० विश्वकपमा सहभागिता जनाउँदै आएका छन्।
त्यस्तै च्याम्पियन्स ट्रफी सन् २०२५ र २०२९ मा ८ टिमलाई सहभागी गराउँदै आयोजना गरिने आईसीसीले जनाएको छ।
महिलातर्फ यसअघि नै संख्य बृद्धि गरेर तालिका आइसकेको छ।
