स्पेनिस क्लब रियल मड्रिडको प्रशिक्षकमा कार्लो एन्सेलोटी नियुक्त भएका छन्। जिनेदिन जिदानले सिजन सकिएसँग राजीनामा दिएपछि मड्रिडको प्रशिक्षकमा इटालियन प्रशिक्षक एन्सेलोटी नियुक्त भएका हुन्।
एन्सेलोटीले यसअघि पनि सन् २०१३ देखि २०१५ सम्म मड्रिडको प्रशिक्षण सम्हालिसकेका छन्। प्रिमियर लिग क्लब एभर्टन सम्हालिरहेका उनी मड्रिड सम्हालन तीन वर्षे करारमा स्पेन पुगेका हुन्। यसअघिको दुई वर्षे कार्यकालमाम उनले एउटा च्याम्पियन्स लिग, एउटा कोपा डेल रे, एउटा क्लब विश्वकप र एउटा यूईएफए सुपर कप जिताउन सफल भएका थिए।
उनी प्रशिक्षक रहँदा मड्रिडले सम्झनलायक जितको शृङखला बनाएको थियो। जसमा २०१४ को सेप्टेम्बरदेखि २०१५ को जनवरीसम्म २२ खेलमा लगातार जित निकालेको थियो।
👋 #WelcomeBackAncelotti
— Real Madrid C.F. 🇬🇧🇺🇸 (@realmadriden) June 1, 2021
👉 @MrAncelotti pic.twitter.com/yY5NKF5tsd
उनले मड्रिडबाहेक एभर्टन, बायर्न म्युनिख, चेल्सी, पीएसजी, युभेन्टस, नापोली लगायतक क्लबहरुलाई प्रशिक्षण दिइसकेका छन्।
