काठमाडौं : बेली डान्स सिक्न चाहनेहरूका लागि भर्चुअल कार्यशाला आयोजना हुँदैछ। बेली रानीको उपनामले नृत्य क्षेत्रमा चिनिएकी कलाकार बिनु शाक्यले एक साता लामो अन्लाइन परीक्षण दिन लागेकी हुन्।
उनले फेसबुक र इन्स्टाग्राममार्फत् परीक्षणका लागि निवेदन आह्वान गरेकी हुन्। सामाजिक सञ्जालमा युवाहरूले परीक्षणका लागि चासो देखाएकाले आफूले यस कार्यशाला आयोजना गरेको बताइन्।
जुनको ६ देखि १२ तारिखसम्म हरेक दिन बेलुकी ४ बजे देखि ५ बजेसम्म हुनेछ।
