PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

चर्चित प्रहरी अधिकारी 'चुलबुल पाण्डे'को कमब्याक



पहिलोपोस्ट

चर्चित प्रहरी अधिकारी 'चुलबुल पाण्डे'को कमब्याक

बलिउड स्टार सलमान खानको चर्चित चरित्र चुलबुल पाण्डे नयाँ अवतारमा देखिँदैछ। फिल्म 'दबंग'को उक्त पात्र डिज्नी प्लस, हटस्टार भिआइपीमा एनिमेटेड श्रृंखलामा प्रस्तुत हुँदैछ।

ब्लकबस्टर फ्रेन्चाइजको रूपान्तरित  एक्शन-कमेडी श्रृंखलाले प्रहरी अधिकारी चुलबुल पाण्डेको दैनिक जीवन देखाउँदछ। पात्रले शहरलाई सुरक्षित राख्नको लागि अनेक खराबीको सामना गर्नुपर्दछ। उनको कान्छो भाइ मक्खी प्रहरी बलमा नयाँ छन् जो दाजुको अनुकरण गर्न हर सम्भव प्रयास गर्छन्।

बालबालिका केन्द्रित यस एनिमेटेड श्रृङ्खला हरेक उमेर समूहका दर्शकका लागि रोचक हुनसक्ने बलिउड हंगामाले जनाएको छ। 

कार्टुनको पहिलो सिजनको ८ श्रृङ्खला हाल हिन्दी तामिल र तेलुगुमा प्रसारण भइरहेको छ जसलाई कसमस-माया र अर्बाज खानले संयुक्त निर्माण गरेका हुन्।

चुलबुल पाण्डेको कमब्याकबारे सलमानले ट्वीटरमा भनेका छन् – यो चरित्र मेरा लागि निकै विशेष छ। किनकि १० वर्य यता यस पात्रलाई दर्शकले निकै माया देखाउनु भयो। चुलबुल, मख्खी र रज्जो एनिमेटेड स्वरुपमा देख्न पाउँदा म अत्यन्त खुशी छु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell