PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

काठमाडौं उपत्यकाभित्र १० दिन निषेधाज्ञा थप, खाद्यान्न, पुस्तक पसल र डिपार्टमेन्टल स्टोरलाई आंशिक चल्न दिने



पहिलोपोस्ट

काठमाडौं उपत्यकाभित्र १० दिन निषेधाज्ञा थप, खाद्यान्न, पुस्तक पसल र डिपार्टमेन्टल स्टोरलाई आंशिक चल्न दिने

काठमाडौं : काठमाडौं उपत्यकाभित्र १० दिनको लागि निषेधाज्ञा थप गरिएको छ।

आज उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले १० दिनसम्म उपत्यकाभित्र निषेधाज्ञा गर्ने निर्णय गरेको हो। पछिल्लो पटक सात दिनको लागि थप भएको निषेधाज्ञा बिहिवारबाट सकिँदैछ।

यसपटक थप गरिएको निषेधाज्ञामा भने खाद्यान्य, डिपार्टमेन्टल स्टोर र पुस्तक पसल संचालन गर्न दिइएको छ।

खुकुलो पारिएका सेवा तथा क्षेत्र बिहानमात्र संचालनमा आउने भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइले जानकारी दिए। गएको एकसातासम्म भने काठमाडौं उपत्यकाभित्र खाद्यान्न र डिपार्टमेन्टल स्टोरलाई समेत खोल्न रोक लगाइएको थियो। यसले सर्वसाधारण प्रताडित भएका थिए।

साथै, निर्माण क्षेत्रलाई पुन: गतिशील बनाउन रात्रिकालीन समयमा सामान ढुवानी गर्न दिने भएको छ। त्यस्तै निर्माण क्षेत्रमा संलग्न कामदारलाई कार्यक्षेत्रमै मापदण्ड पूरा गरेर बस्न र काम गराउन सकिने व्यवस्था गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell