PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

सगरमाथा आरोहणका क्रममा मृत्यु भएका स्वीस नागरिकको शव काठमाडौं ल्याइयो

सगरमाथा आरोहणका क्रममा मृत्यु भएका स्वीस नागरिकको शव काठमाडौं ल्याइयो

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : सगरमाथा आरोहणको क्रममा मृत्यु भएका स्वीस नागरिक अब्दुल वारिचको शव काठमाडौं ल्याइएको छ।

हिमाल आरोहण गरि फर्किने क्रममा ८००० मिटर माथि क्याम्पमा उनको मृत्यु भएको थियो। १० जना शेर्पाको टोलीले वारिचको शव  आधारशिविरसम्म ल्याएका थिए।

आज हेलिकप्टरबाट उनको शव त्रिवि शिक्षण अस्पताल ल्याइएको हो। काठमाडौं ल्याइएको उनको शवको पोष्टमार्टम पश्चात स्वीस दूतावास मार्फत परिवारलाई हस्तान्तरण गरिनेछ।

केहिदिन अघि सगरमाथा आरोहणका क्रममा मृत्यु भएका अमेरिकी नागरिक वेइ लिउको शव पनि काठमाडौं ल्याइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell