काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३ सय १६ जनामा कोभिड १९ संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयलका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिए। पिसिआर र एन्टिजेन विधिबाट १३ हजार ८ सय ५ जनाको कोरोना आरटी पिसिआर परीक्षण गरिएको थियो। ३ हजार ७३ जनाको एन्टिजेन बिधिबाट गरिएको छ।
त्यस्तै २४ घण्टा संक्रमणबाट मुक्त हुनेको सङ्ख्या ७ हजार २ सय १९ रहेको छ। निको हुने दर ८० दशमलव ८ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिए। त्यस्तै काठमाडौं उपत्यकाभित्र थप १४ सय ५६ जनामा कोरोना पुष्टी भएको हो। काठमाडौं जिल्लामा ९ सय ६९ जना, ललितपुरमा ३ सय ६ जना र भक्तपुरमा १ सय ८१ जनामा संक्रमण पुष्टी भएको हो।
कोरोना संक्रमण भएका १ सय १ जनाको मृत्यु भएको प्रवक्ता पौडेलले जानकारी दिए।
अहिले देशभर कोभिड संक्रमितको संक्रिय सङख्या १ लाख १ हजार ९ सय ९३ रहेको छ।
